नेपालमा पनि कोरोन भाईरस, दुईजना संक्रमित
नेपालमा कोरोनाबाट संक्रमितको संख्या दुई पुगेको छ । चीनबाट नेपाल आइपुगेका २८ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतकोजनाएको छ । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।
हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो ।
ती युवकसँगै अस्पताल भर्ना भएकी ४८ वर्षकी महिलामा भने भाइरस संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाइ छ ।
टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनको बाटो हुँदै नेपाल फर्किएका थिए ।