मकवानपुको बागमती गाँउपालिकामा बस दुर्घटना, तीन जना घाईते

१३ माघ २०७६, सोमबार २२:५७

मकवानपुरको बागमती गाउँपालिकामा सोमबार बस दुर्घटना हुँदा तीनजना घाईते भएका छन् ।
बागमती गाउँपालिका ४ स्थित फापरवारी बाट राइगाउँ जादैँ गरेको प्र.३/०३/००१ ख ०१०० नम्बरको बस अनियन्त्रीत भइ दुर्घटना भएको हो।
दुर्घटना हुँदा बसमा सवार वडा नम्बर १ का ४१ वर्षीय ज्ञान बहादुर श्रेष्ठ, ५५ वर्षीय समी राई
१८ वर्षीय दिर्घ अधिकारी सामान्य घाइते भएका छ्न।
उनिहरुलाइ उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।