केरलाका मुख्यमन्त्रीले मागे पानोरमामा मृत्युु भएका आठ भारतीयको क्षतिपूर्ति
नेपालमा घुम्न आएका आठ भारतीयको मृत्युको क्षतिपूर्तिको माग गरेका छन् । भारतको केरलाका मुख्यमन्त्री पिनाराइ विजयनले संघीय विदेशमन्त्री एस जयशंकरलाई एक पत्र लेख्दै एक परीवारका आठ भारतीयको मृत्युको विस्तृत अनुसन्धानका लागि माग गर्न आग्रह गरेका छन् ।
उनले पत्रमार्फत जनवरी २१ मा ज्यान गुमाएका आठैजना केरला राज्य भएको र नेपाल सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्न संघीय विदेश मन्त्री जयशंकरलाई आग्रह गरेका छन् । यसअघि मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका आठजना भारतीय एकै परिवारका सदस्य भएको प्रहरीले पुष्टि गरेको थियो ।
कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।
मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् । गल्फ न्यूजलाई उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएका थिए ।