३ सय ६० जना विद्यार्थीलाई नेता बानियाँले गरे ट्रयाकसुट वितरण 

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार १७:५१
;

३ सय ६० जना  विद्यार्थीलाई बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले ट्रयाकसुट वितरण गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० जना विद्यार्थीलाई नेता बाँनियालाई ट्रयाकसुट वितरण गरेका हुन् ।

ट्रयाकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता भएको कार्यक्रममा नेता बानियाँको प्रमूख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा मकवानपुर गढी गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर मोक्तान, पूर्व सदस्य लालबहादुर थिङ, युसआइडीका सामाजिक परिचालक जनकबहादुर शाही, पिटिए अध्यक्ष रुपा स्याङतान्, प्रधानाध्यापक होमबहादुर नेपाली, विद्यार्थी नेता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*