चिसोका कारण एक पुरुषको मृत्यु

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार १८:११
;

मोरङको ग्रामथान गाउँपालिका -५ गिधनियामा चिसोले कठ्याङ्ग्रिएर मंगलबार बिहान एक पुरुषको मृत्यु भएको छ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार उद्घाटन गर्ने भनिएको सीताराम नाम जप महायज्ञ स्थलमा मृत  पुरुष भेटीएको हो । 

अन्दाजी ४०/४५ वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष मृत फेला परेको तर पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

महायज्ञ अवधिभर सुरक्षमा खटिने सशस्त्र प्रहरीलाई बस्नका लागि बनाइएको टेन्ट भित्र मृत्यु भएको अवस्थामा पुरुषको शव फेला परेको हो ।  

शव पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी थापाले जनाएको छ  । उनकाअनुसार त्रिपाल मुनि शव फेला परेका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको आशंका गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*