इटहरीका मेयर चौधरीले एकैदिनमा १२ जना कर्मचारीलाई जागिरबाट निकालेपछि…

करार सम्झौता सकिएको समयमा नवीकरण नगरी मेयरको एकल निणर्यबाट चौधरीले इटहरीका मेयर द्धारिकलाल चौधरीले एकै दिनमा १२ कर्मचारीलाई निकालेका छन् । इटहरी उपमहानगरपालिकामा कार्यरत १२ जना कर्मचारीलाई सोमबार एकै दिन जागिरबाट निकालिदिएका हुन् ।
निकालिएका कर्मचारी मध्ये अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लवप्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठलगायत नौ जना स्वास्थ्य क्षेत्रका रहेका छन् ।
निकालिएका कर्मचारी सबै करारमा नियुक्ति भएका हुन् ।











