१२ वटा कुखुरा ल्याउदै गरेको अवस्थामा तीनवटा मोटरसाइकलसहित दुईजना पक्राउ 

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार १९:५३
;

मोटरसाइकलमा राखेर कुखुरा ल्याउँदै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट कुखुरा बोकेर उज्यालो नहुँदै नेपालगञ्ज प्रवेश गरेका साईगाउँका कासिम कवाडिया र रहिस कवाडिया मोटरसाइकल र कुखुरासहित बाँके प्रहरीले मंगलबार बिहान परसपुर नाकाबाट पक्राउ गरेका हुन् । तीनवटा मोटरसाइकलमा कुखुरा ल्याइरहेकोमा एकजना मोटरसाइकल र कुखुरा छोडेर भागेका छन् ।

तीनवटा मोटरसाइकलमा दुई सय १२ वटा ब्रोइलर कुखुरा राखेर ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता शिव सिंहले जनाएको छ ।
सरकारले भारतबाट पन्छि तथा पन्छिजन्य पदार्थ ल्याउन पूर्णरुपमा रोक लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*