२१ किलो गाँजासहित दुई जना पक्राउ

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार २०:३५
;

२१ किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हेटौंडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट सुनसरीको ईटहरी नगरपालिका वडा नं. १५ बस्ने २० वर्षीय सागर पाण्डे र धादिङको रोराङ नगरपालिका वडा नं. १ बस्ने १८ वर्षीय सोनम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा काठमाडौं तर्फबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ४९० नं।को यात्रुबहाक बसलाई रोकी चेकजाँच गर्ने क्रममानि उनीहरुलाई पक्राउ गरेको  हो । 

 घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*