४ हजार धरौटीमा रिहा भईन आस्था राउत
गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।
सामान्य विषयमा ४ दिनको म्याद दिएर प्रहरीले प्रतिशोध साँध्न खोजेको भन्दै चोतर्फी विरोध हुँदै आएको थियो । मंगलबार प्रहरीले उनलाई सरकारी वकिलको कार्यालयमा मार्फत फेरि प्रशासनमा उपस्थित गराएकोमा प्रशासनले ४ हजार घरौटीमा छाड्न आदेश दिएको हो । राउत माथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ ।
आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।
राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।