राष्ट्रपति भण्डारीद्वारा स्मारकमा नवनिर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार २२:२३
;

हेटौंडास्थित सहिद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक पार्कको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा अनावरण गरेर राष्ट्रपति भण्डारीद्वारा पार्कको उद्घाटन गरिएको हो ।

""

 सहिद स्मारकमा विशेष समारोहका बीच सहित सप्ताह अन्तर्गत प्रजातान्त्रिक पार्कको उद्घाटन गरिएको हो । राष्ट्रपतिले स्मारकमा रजत जयन्ती स्तम्भ, मदन भन्डारीको शालिकमा माल्यर्पण गरेकी हुन् ।

""

बागमती प्रदेशका मुख्यमन्त्री तथा स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेलको अध्यक्षतामा  आयेजना भएको समारोहमा बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईं, सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानिया, प्रदेशका मन्त्री लगायतको आतिथ्यता रहेको थियो  ।
करिब डेढ करोड रुपैयाँ लागतमा सहिद स्मारक विकास समितिले प्रजातान्त्रिक पार्क निर्माण गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*