२ किलो सुनसहित ६ जना पक्राउ

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार २३:३१
;

२ किलो सुनसहित ६ जना युवक पक्राउ परेका छन् । रसुवागढी नाकाहुँदै नेपाल ल्याइएको साढे २ किलो सुनसहित गाडी चाकल र त्यसमा रहेका ६ जना सोमबार अपरान्ह पक्राउ परेका हुन्। 

अबैधरुपमा नेपाल ल्याइएको साढे २ किलो सुनसहित ६ जनालाई प्रहरीले रसुवागढीस्थित चेकपोष्टबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुनसहित यात्रारत ६ जनालाई प्रहरीले पक्राउ गरेको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए । 

पक्राउ पर्नेमा गाडीचालक दोलखाको तामाकोशी गाउँपालिका ५ का २३ वर्षीय तुलमान श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का ३४ वर्षीय नवाङनुर्पू तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय सुप्पा लामा, ३२ वर्षीय सुवास तामाङ र १९ वर्षीय साङ्गा तामाङ रहेको डीएसपी सुवेदीले जानकारी दिएका छन् ।बरामद सुनको मुल्य १ करोड ६० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*