सुर्खेतमा कफ्र्यु, टिपरको ठक्करबाट सुर्खेतमा १ जनाको मृत्युपछिको आन्दोलनमा प्रहरीको हवाई फायर

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार २३:४०
;

सुर्खेतमा टिपरको ठक्करबाट कालिकोट महाबै गाउँपालिकाका २० बर्षीय केशर सिंहको मृत्यु भएको छ । उनको निधनको आक्रोशमा आफन्तहरुले नारा जुलुस गर्दै आज सुर्खेत बजार  पूर्ण रुपमा बन्द गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिएपछि स्थिति नियन्त्रण लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले जानकारी दिएका छन् । 

आन्दोलनका क्रममा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*