प्रहरीले ३२ केजी गाँजा सार्वजनिक गरे लगत्तै नेवारपानीबाट ६३ केजी फेरि बरामद 

हेटौडा न्युज
१५ माघ २०७६, बुधबार २१:४५
;

मकवानपुर प्रहरीले आज बुधबार बिहान ९ बजे लागूऔषध गाँजा ३२ केजी र ३ जनालाई पक्राऊ गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको केहीबेरमै ६३ केजी गाँजा र अफिमसहित २ जनालाई पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा ६३ केजी लागूऔषध गाँजा र ३ सय १० ग्राम अफिमसहित २ जनालाई पक्राऊ गरेको हो ।

""प्रहरीले बाराका २६ बर्षीय लक्ष्मणप्रसाद साह र ३० बर्षीय प्रेम पटेल रहेका छन् । पक्राऊ परेकाहरुले ना.३ च ५९९७ नम्बरको पिकअप भ्यानमा फल्स बटम बनाएर सो परिमाणको लागूऔषध गाँजा  र अफिम ल्याएको प्रहरीले फेला पारेको थियो । 
प्रहरीका अनुसार पक्राऊ परेको सवारी जफत हुनुका साथै लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार २ देखि १० बर्ष कैद र १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने बताईएको छ ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*