नागरिक समाजको पत्र मनहरी गाउँपालिकालाई

हेटौडा न्युज
१५ माघ २०७६, बुधबार २३:०३
;

नागरिक समाज मञ्च, मकवानपुरले आज मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई कृषि तथा विपद् न्युनिकरणका सम्बन्धमा ध्यानाकर्षष पत्र दिएको छ । मञ्चकी संयोजक रमिला सापकोटा सहितको टोलीले सो गाउँपालिकाका विभिन्न वडाहरुमा विपद् व्यवस्थापन, कृषि लगायतका क्षेत्रमा स्थलगत अध्ययनका क्रममा पाईएका राम्रा र सुधार गर्नुपर्ने विषय समेटिएको ध्यानाकर्षण पत्र दिईएको हो ।

 
""

मञ्चले किसानका लागि छुट्याएको २ लाख रुपैयाँ, वडा स्तरमा विपद् व्यवस्थापन समिति निर्माण, विपद् व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजित रकमलाई सकारात्मक रुपमा उल्लेख गरेको छ । 
मञ्चले दिएको ध्यानाकर्षण पत्रमा कृषकहरुले पाउनु पर्ने अनुदानको सूचना, वास्तविक कृषकको पहिचान, विपद् व्यवस्थापन योजना, वडा स्तरमा विपद व्यवस्थापन कोषको व्यवस्थाका लागि सुधार गर्नुपर्ने बुँदाका रुपमा उल्लेख गरेको छ । 
गाउँपालिका अध्यक्ष उप्रेतीले जनताको सेवाका लागि आफूहरु आएको र काम गर्ने क्रममा हुने कमी–कमजोरी औल्याउँदा आगामी दिनमा जनताको काम गर्न अझ उत्प्रेरणा हुने बताएका छन् ।

अध्यक्ष उप्रेतीले गाउँपालिकामा विषयगत कर्मचारीको अभाव रहेकोले पनि सोचे अनुरुप काम गर्न नसकेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका पदाधिकारी एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*