बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर मृत्यु 

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार १७:२९
;

ललितपुरस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका पतिपत्नीको निस्सासिएर मृत्यु भएको छ ।  तिखेदेवलस्थित उक्त हेल्थ क्लबको ‘साउना बाथ’मा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो । ४२ वर्षीय हस्त गर्बुजामगर र ३९ वर्षीय उनकी श्रीमती नेत्रकुमारीको मृत्यु भएको ललितपुर महानगरीय प्रहरीले जनाएको छ । 

बढी समय बाथरुमभित्रै रहेकाले अक्सिजनको अभाव हुन गई सो घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव भएको अनुसन्धानबाट खुलेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*