राष्ट्रपति भण्डारीलद्वारा वसन्त श्रवण, उपराष्ट्रपति पुन गएनन्
हनुमानढोका दरबारमा राष्ट्रपति विद्यादेवी भन्डारीले वसन्त श्रवण गरेकी छिन् । बिहीबार हनुमानढोका दरवार पुगेर राष्ट्रपति भण्डारीले बिहान ९ बजेर ५ मिनेटको साइतमा वसन्त श्रवण गरेकी हुन् ।
हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने प्रचलन रहेको छ ।
वसन्त श्रवण कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका थिए । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले वसन्त श्रवण गराएका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन भने यस वर्ष वसन्त श्रवणमा अनुपस्थित भए । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबारै महोत्तरी गएकाले वसन्त श्रवणमा सहभागी हुन नसकेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
श्रीमदभागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्नेरसुनाउने चलन छ ।