काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या, हत्याको आरोपमा साथी पक्राउ
काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या भएको छ । सोल्टीमोडस्थित एक होटलमा मोहिद्दिन अहमदको हत्या भएको हो ।
हत्या भएको एक हप्तापछि प्रहरीले उनकै साथी दुला मियाँलाई पक्राउ गरेको छ । मियाँलाई सिरहाको लाहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जनाएको छ ।
बुधबार राति पक्राउ गरिएका मियाँलाई काठमाडौं ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।
माघ ७ गते मियाँले बोतलले हानेर अहमदको हत्या गरेको प्रहरीले जनाएको छ । सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा उनीहरु बसेका थिए ।