मेयर महतद्वारा तेक्वान्दो कर्वड हलको शिलान्यास

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार २१:०२
;

हेटौंडामा तेक्वान्दो कर्वड हल निर्माण हुने भएको छ ।  तेक्वान्दो खेलको विकासको लागि नेपाल तेक्वान्दो संघ मकवानपुरको पहलमा कर्वड हल बनाउन लागिएको हो ।

हेटौंडा–४ कर्रा श्रमिकपथमा निर्माण हुने कर्वड हलको आज  बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले शिलान्यास गरेका हुन् । 

हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ कर्वड निर्माणको लागि उपलब्ध गराएको छ । लालकाजी रत्न बज्राचार्यको अध्यक्षतामा तेक्वान्दो कर्वड हल निर्माण उपभोक्ता समिति गठन गरेर कवर्ड हल निर्माण सुरु गरिएको हो ।

संघले कर्वड हल निर्माणलाई पूर्णता दिलाउन ४५ लाख रुपैयाँ कुल लागत लाग्ने जनाइएको छ । कवर्ड हल बनाउन प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतका खेलकुद सम्बद्ध निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष बज्राचार्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*