जन्ती बोकेको बसले ठक्कर दिँदा एकको मृत्यु

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार १७:१९
;

मोरङमा जन्ती बोकेको बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ दुलारीमा को १ ख ३२०१ नम्बरको बसले को ३९ प ७६०७ नम्बरको स्कुटरलाई ठक्‍कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैंचा नगरपालिका १० का ४१ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जनाएको छ । 

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जनाएको छ । 

बस र चालक सुन्दरहरैंचा १० का ४२ वर्षीय सुरेन्द्रकुमार प्रधानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*