लियो तथा लायन्समा राजनीति छिर्नु हुदैँनः मुख्यमन्त्री पौडेल 

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार १७:४७
;

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले लायन्स तथा लियो जस्ता सामाजिक संस्थामा राजनीति छिर्न नहुने बताएका छन् । लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प हिजो उद्घाटन गर्दै सामाजिक संस्थाले समाज सेवा गर्ने हो र यस्ता संस्थामा राजनीति छिर्नु गलत रहेको बताएका छन् । अहिले देश समृद्धीको बाटोमा हिडीरहेको र यसका लागि युवा शक्तिको आवश्यक्ता रहेको  बताएका छन्  ।

उनले युवाहरु अब विदेशमा जाने सोचलाई परिवर्तन गर्दै देशमा नै केहि गर्ने मानसिकतामा हुनुपर्ने बताए । लियोको यो क्याम्पले भिजिट नेपालको प्रचारमा समेत महत्वूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । उनले भने लायन्स र लियो जस्ता सामाजिक संस्थामा राजनीति भित्रिन नहुने बताए । 

पर्यटन प्रवद्र्धनसँगै मकवानपुरका विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई केन्द्रमा राखेर लियो जिल्ला परिषद ३२५ बि २ नेपालको आयोजना र लियो जिल्ला परिषद ३२५ बि २ रिजन २ को समन्वयमा करिब एक सय जना युवाहरुको उपस्थितीमा युथ क्याम्पको हिजो बिहिबार भव्य उदघाटन गरिएको हो । 

""

मकवानपुरको हेटौंडाबाट शुरु भएको युथ क्याम्प मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी हुँदै मार्खु, चित्लाङ्, दामन सम्म पुगेर पुनः हेटौंडा आइ समापन हुनेछ । चार दिन तीन रात सम्म निरन्तर चलिरहने युथ क्याम्पमा भ्रमण मात्र नभइ विभिन्न तालिम र गोष्ठि गरी एक आपसमा एकआपसमा अनुभव साटासाट गर्ने कार्यक्रमहरु रहने छ । शुक्रबार बिहान हेटौंडा बाट आयोजकसहितको युवा टोली मकवानपुरका पर्यटकीय क्षेत्र मार्खु पुग्ने छ । 

बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गमलामा पानी हालेर यूथ क्याम्पको शुभारम्भ गरे सँगै युथ क्याम्पले आधिकारीकता पाएको हो । युथ क्याम्पमा नेपालका  करिब एकसय जना र नर्वेका दुईजना लियोको सहभागिता रहेका छन् । 

१९ गतेसम्म चल्ने सेमिनारमा युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासको विषयमा अन्तरक्रिया हुने र मकवानपुरको पर्यटकीय क्षेत्रहरुको अबलोकन भ्रमण हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*