नक्कली प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको भन्दै अदालतमा मुद्दा 

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार १८:३२
;

प्रहरी नायब उपरीक्षक (डीएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । बिहिबार  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्टी भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरी निरीक्षक पदमा भर्ना हुँदा शाहले भारतको गमध विश्वविद्यालय, बोधगयास्थित बिडी इभिनिङ कलेज पटना–१ बाट बिए पास भएको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए।

उक्त प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको थियो। अख्तियारको अनुसन्धानबाट उक्त प्रमाणपत्र नक्कली भएको पाइएपछि विशेष अदालतमा बिहीबार मुद्दा दायर भएको हो। 

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सेवामा प्रवेश गरेका शाह अहिले बढुवा भएर डिएसपी भइसकेका छन्। विशेष अदालतले उनीविरुद्धको आरोप पुष्टि गर्दै दोषी ठहर गरेमा अहिलेसम्म पाएको तलवभत्ता समेत फिर्ता गर्नुपर्ने हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*