जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाईते

१७ माघ २०७६, शुक्रबार १८:५३

सिन्धुली खनियाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । सप्तरीको कन्चनपुर नगरपालिकाका सह लेखापाल सुरेन्द्र नारायण चौधरीको मृत्यृु भएको हो ।
सोलाभन्ज्याङ र खनियाखर्क बीचको जंगलमा स १ च १००९ नं को स्कारपिओ जिप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई जना सवार रहेको जिप सडकबाट करिव सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटना बारेमा थप विवरण आउन बाँकी रहेको छ ।