हेटौंडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाईते

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । हेटौंडा बजारबाट नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नम्बरको सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरित दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार हेटौंडा–३ बस्ने ३५ बर्षीय सागर पाख्रिन मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाईते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको जनाएको छ ।
सो दुर्घटनाबाट अटो चालक बैतडी घर भइ हाल हेटौंडा ११ मा डेरा गरी बस्ने ३७ बर्षीय जयबहादुर महरा र मृतका छोरा १४ बर्षीय मनोज पाख्रिन घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनााएको छ ।
बस र चालक नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।











