दुई नाल भरुवा बन्दुक र जरायोको सिङसहित दुईजना पक्राउ
दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुईजनालाई पक्राउ गरेको छ । इलामको माङसेबुङए गाउँपालिका-३ स्थित चतुरेबाट माघ १६ गते एपीएफ र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँ बस्ने २२ वर्षीय विशाल राई र ३५ वर्षीय शिवकुमार राईलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिंह फेला परेपछि पक्राउ गरेको रहेको सशस्त्रका डीएसपी अजय छतकुलीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको डीएसपी छतकुली जनाएको छ ।