मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार १८:१९
;

सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका-७ मा प्रदेश नं.२ को ०२-००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको महेन्द्रनगर-२ घर भई हाल छिरेश्वर नगरपालिका-६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुत र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो ।

दुवैको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जनाएको छ । शनिबार बिहान सिन्धुलीबाट भिमानतर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*