हेटौंडाका ८ सय विद्यार्थीले दिए संस्कृति ज्ञान परीक्षा

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार २०:०५
;

हेटौंडा उपमहानगरपालिकामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ लिइएको छ ।  ८ सय विद्यार्थीलाई संस्कार, संस्कृतिको विकास गराउने उद्देश्यले आज शनिवार हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा विद्यार्थीहरुले ४५ मिनेटको परीक्षा दिएका हुन् । 

हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा मकवानपुरमै पहिलो पटक हेटौंडा उपमहानगरपालिका स्तरीय संस्कृति ज्ञान परीक्षा भएको कार्यक्रमका संयोजक हयग्रीव आचार्यले जानकारी दिए ।

‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’ भन्ने उद्देश्यले नेपालको धर्म, संस्कृति, भाषा नदीनाला, हिमाल, पहाड तराईलगायतका विषयमा ५० वटा प्रश्न सोधिएको थियो । हेटौंडाका नीजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुको परीक्षा चलिरहेको छ ।

६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी सहभागी रहने यस परिक्षाका लागि विद्यार्थीहरुलाई १ महिनाअघि ८ सय प्रश्नोत्तरको पुस्तक पढ्न दिइएको थियो । 
परीक्षामा प्रथम हुने विद्यार्थीले २१ हजार रुपैयाँ पाउने छन् । त्यस्तै दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने  छ भने सान्त्वना स्वरुप २५ जना परीक्षामा सहभागी उत्कृष्ट विद्यार्थीलाई ५ सय रुपैयाँका दरले पुरस्कृत गरिने संयोजक आचार्यले जनाएको छ ।

राष्ट्रिय गानका लेखन प्रदीप कुमार राई ९ब्याकुल माईला०को प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका लीलानाथ गौतम, मकवानपुरका शिक्षाप्रेमी पुरनबहादुर जोशी, संघका राष्ट्रिय सहप्रचारक रेवित कुमार, लुम्बिनी विभाग प्रमुख राजकुमार गुरुङलगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*