उपकुलपतिको निर्देशन मिच्दै डिन, योग्यता पुगेकालाई पञ्छाउँदै विद्यार्थी भर्ना 

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार ००:५३
;

हेटौंडामा रहेको कृषि, वन विश्वविद्यालयमा विद्यार्थीहरुले करीब ४० दिन देखि आन्दोलन गरिरहेका छन् । विश्वविद्यालयको नीति विपरित वन संकायमा स्नातक तहमा नयाँ भर्ना गरिन लागेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरीरहेका हुन् । 

""

विश्वविद्यालयले गत पौष ६ गते स्नातक तहमा भर्नाका लागि सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार गत पौष ५ गते लिईएको प्रवेश परीक्षामा ८०, प्लस टू १० र एसएलसी वा एसइइको १० प्रतिशत गरी हुन आउने प्राप्तांकको आधारमा बढी अंक ल्याउनेलाई भर्ना गरिने व्यवस्था रहेको छ ।

""

यसै अनुसार अघिल्लो बर्षमा समेत विद्यार्थीहरु भर्ना भएको तर यस पटक क्याम्पस डिन सहितको भर्ना समितिले योग्यताक्रम (मेरीट)का आधारमा नगरी विद्यार्थीको रोजाइको आधारमा भर्ना सुचना जारी गरेका छन् । फाराम भर्दा विद्यार्थीले रोजेको क्याम्पसका लागि भर्ना हुन पाउने गरी मेरीटलाई लत्याएर भर्ना सूचना प्रकाशन गरेको देखिएको छ ।

""

यसरी मेरीटलाई लत्याएर भर्ना सूचना प्रकाशन गर्नु विश्वविद्यालयको नीति नियम विपरित रहेको उपकूलपति डाक्टर शारदा थपलियाले बताएकी छिन् । यस अघिका कुनै पनि शैक्षिक वर्षहरुमा प्रथमिकताका आधारमा भर्ना गर्ने प्रकृया नभएको उपकुलपति थपलियाको दावि छ ।

""

उनका अनुसार यस्तो कार्य गर्नु डिन भट्टको गल्ती होे र प्रकाशित सूचना सच्याउन आफुले निर्देशन दिएको भएपनि नटेरेको बताएकी छिन् । उनका अनुसार डिन भट्टले गल्ती पनि गर्ने नसच्याउन्न पनि भन्नु चाहि गैरजिम्मेवार पुर्ण कुरा रहेको बताएकी छिन् । 

""

आन्दोलनरत विद्यार्थीहरुले मेरीटको आधारमा भर्ना सूचना ननिकाल्नु र कुनै एक निजी इन्स्टिच्युटका विद्यार्थीहरुलाई नै भर्नाका लागि छनौट हुनुमा डिनले चलखेल गरेको आरोप लगाएका छन् । 

तर यता डिन भट्ट भने एउटै इन्स्टिच्युटका विद्यार्थीहरुको नाम प्रकाशित हुनु संयोग रहेको बताउदै आएका छन् ।
गत पौष ५ गते १ हजार ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए, जसमा करीब १ हजार जना उत्तीर्ण भएका थिए ।

नियम अनुसार बढी अंक ल्याउने नै मेरीटमा पर्दछन् र स्नातक तहमा भर्ना हुने व्यवस्था रहेको छ । सो संकायमा ४१ जनाले वन क्याम्पस हेटौंडा र प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस, कटारी उदयपुरमा २१ जना गरी जम्मा ६३ जनाले निशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।

""

हाल प्रकाशन भएको भर्ना सुचना अनुसार ४२ औं योग्यताक्रम देखी १८१ औं योग्ताक्रम नै डिन भट्टले हटाइ दिएका छन् । जबकी तिनै विद्यार्थीहरु मेरीटमा परेका थिए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*