४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ
१९ माघ २०७६, आईतवार १९:४०
४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खत्याड गाउँपालिका-१ बस्ने १९ वर्षीय ऐन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।










