बस र स्कुलको भ्यान ठोक्किदा चारजना घाईते   

हेटौडा न्युज
१९ माघ २०७६, आईतवार २१:४६
;

कलंकीको अन्डरपास सडकमा चक्रपथ चल्ने सार्वजनिक बस र स्कुलको भ्यान ठोक्किदा चारजना घाईते भएका छन् ।  एकजना स्कुले विद्यार्थी र तीनजना सार्वजनिक बसमा सवार यात्रु घाईते भएका हुन् ।

एउटै दिशा (बालाजु) बाट आएको ना५ख ११७२ नम्बरको बस र बा११च ४५३७ नम्बरको स्कुल भ्यान एकआपसमा ठोक्किएको   रहेका महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख डीएसपी रुगम कुँवरले जनाएको छ ।  

बुढानिलकण्ठ यातायातको बसले चिन्ड्रेन मन्टेश्वरीको स्कुल भ्यानलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

घाइतेहरुको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*