बलात्कारको आरोप लागेका एसएसपी राणाले गरे आत्मसमर्पण
बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । धरानकी एक महिलालाई बाला्रत्कार गरेको आरोप लागेका एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्रीले एसएसपी राणा जिप्रका सुनसरी पुगेर आत्मसमर्पण गरेको पुष्टि गरेका छन् ।
गृह मन्त्रालयले एसएसपी राणालाई बिहिबार निलम्बन गरेको थियो । निलम्बन गरेको भोलिपल्ट राणाले आफूमाथि बलात्कार गरेको भन्दै जिप्रका सुनसरीमा जाहेरी दिएकी थिइन् ।
एसएसपी राणामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।