१० वटै स्थानिय तहलाई मकवानपुर प्रहरीको सम्मान

हेटौडा न्युज
२० माघ २०७६, सोमबार १६:५४
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका १० वटै स्थानिय तहलाई प्रशंसापत्र वितरण गर्नुका साथै सम्मान गरेको छ । समुदाय प्रहरी साझेदारीमा उल्लेखनीय सहयोग पुर्‍याए वापत सबै स्थानिय तहलाई प्रशंसापत्र प्रदान गरेको हो ।

""

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालद्धारा हस्ताक्षरित उक्त प्रशंसापत्र मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठौरले मकवानपुरका १० वटै स्थानिय तहका प्रमुखलाई  आइतबार एक समारोहका बिच उक्त प्रशंसापत्र प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राठौरले जिल्लामा देखिएको लागुऔषध कारोबार र ओसारप्रसारलाई नियन्त्रण गर्न आफु जस्तोसुकै कदम चाल्न पछि नहटने बताएका छन् ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिककी उप–प्रमुख मिना कुमारी लामा, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना,इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा,कैलाश गाँउपालिका अध्यक्ष टंक मोक्तान,बकैया गाँउपालिका अध्यक्ष दमोदर खनाल, मकवानपुरगढी गाँउपालिका अध्यक्ष बिदुर हुमागाई,बागमती गाँउपालिका उपाध्यक्ष धनकुमारी थिङ्, थाहानगरपालिका उप–प्रमुख खड्ग गोपाली, विभिन्न गाँउपालिका र नगरपालिकाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालयका डिएसपी टिका बहादुर कार्की,प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*