घरको छतबाट खसेर १५ महिने बालिकाको मृत्यु
घरको छतबाट खसेर बागलुङ नगरपालिका–१ रामरेखामा १५ महिने एक बालिकाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–८ लेखानी घरभई हाल रामरेखामा आफन्त सिता विकको घरमा आएकी पुतली विककी १५ महिने शिशु दिपसिना विकको आइतबार एक तला घरको छतबाट खसेर मृत्यु भएको हो ।
घरको छतमा खेलिरहेको बेला भुइमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते विकको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्प्ताल पोखरामा पठाइ पनि अस्पतालले गए राति नै मृत घोषणा गरेको प्रहरी निरीक्षक दिपक रिजालले जनाएको छ ।