वडाअध्यक्ष धामी मृत अवस्थामा फेला, हत्या भएको आशंका

२१ माघ २०७६, मंगलवार १७:३७
अछाम जिल्लाका वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । पञ्चदेवल विनायक नगरपालिका–२ का वडाअध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् ।
घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
आफन्त र स्थानीयले वडाध्यक्ष धामीको हत्या भएको आशंका गरेको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ । प्रहरीले भने यसबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।