चितुवाको आक्रमणबाट ३ दिनमा ८ जना घाइते 

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार १८:१९
;

तीन दिनको अवधिमा चितुवाले ८ जनालाई आक्रमण गरेको छ । ३ जनाको अवस्था गम्भीर छ । बिताण्ड मच्चाएको प्रतिकारमा स्थानीयले चितुवा मारेका छन् ।  

पाँचखाल–६ का वडाध्यक्ष रामशरण दुलालका अनुसार सो वडाका अर्जुन श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, बैकुण्ठ कायस्थ, लक्ष्मी श्रेष्ठ, भीमकुमारी सत्याल, सरस्वती कायस्थ र कुमार विकलाई चितुवाले आक्रमण गरेको थियो । धुलिखेल–११ का नारायणप्रसाद बडाल पनि चितुवाको आक्रमणमा घाइते भएका छन् । 

सोमबार अरु ६ जनालाई आक्रमण गरेपछि स्थानीयले प्रतिकार गर्दा चितुवा मरेको थियो । मृत चितुवा डिभिजन वन कार्यालय ल्याएको सहायक वन अधिकृत चिरञ्जिवी थापा मगरले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*