तास किन्दा १४ करोड भन्दा धेरै रकम बाहिरियो
तास किनेरै ६ महिनामा १४ करोड भन्दा धेरै रकम बाहिरिएको छ । पछिल्लो ६ महिनामा ८८ लाख ५३ हजार ४४ प्याकेट तास आयात भएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । यसको मूल्य १४ करोड ८३ लाख ५४ हजार हो ।
यो अवधीमा सबैभन्दा धेरै चीनबाट तास आयात भएको तथ्याङ्कमा उल्लेख छ । चिनबाट मात्रै ७६ लाख ९५ हजार ८ सय ७७ प्याकेट तास आयात भएको छ ।
चीन बाहेक भारत, मलेसिया, थाइल्याण्ड र अमेरिकाबाट पनि तास आयात भएको छ । गत वर्ष यही अवधीमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँको ९६ लाख ५६ हजार २ सय ५१ प्याकेट तास आयात भएको थियो।










