एकीकृत नमुना बस्ती कार्यक्रमका लागि स्थानीय सरकारसंग सम्झौता

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार २३:३९
;

कृषि विकास निर्देशनालय र स्थानीय सरकार बिच एकीकृत नमुना बस्ती कृषि, पर्यटन कार्यक्रमका कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भुमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको आयोजनामा एक कार्याक्रमका बिच आज मंगलबार दुई स्थानीय तहसंग सम्झौता गरीएको हो । 

""

यस बस्ती निर्माणका लागि जमिनको चक्लाबन्दी गरी सामूहिक खेती र लोपउन्मुख जाती माझी, चेपाङ्ग, दनुवार, कुमाल, गन्धर्व लगायत समुदायलाई विशेष प्राथमिकता रहने छन् ।

पहिलो चरणमा यो कार्यक्रम चितवनको माडी नगरपालिका, सिन्धुलीको दुधौरा नगरपालिका र रामेछापको खाँडादेवी गाउपालिकामा सञ्चालन गरीने छ ।

स्थानीय नमुना बस्तीको पहिचान गरी संरक्षण र प्रवर्द्वन गर्ने उद्देश्यका साथ एकीकृत नमुना बस्ती निमार्ण गरीने भएको कार्यक्रमा बताइएको थियो । बस्तीमा सांस्कृतिक रहन सहन र परम्परा अनुरुपको आवास निर्माण र सुधार गरीने छ । 

यस बस्ती निमार्ण कार्यक्रमका लागि सिन्धुलीको दुधौरा नगरपालिकाको नमुना कृषि सहकारीले होमस्टे सहितको ४० घरधुरी दनुवार बस्तीका लागि ४ विघामा केरा खेति गर्ने गरी बस्तीको डिजाइन समेत तयार पारीसकेको बताइएको छ ।

रामेछापकोे खाँडा देवी गाउँपालिकाले सिमान्तकृत माझि वस्तिमा ४२ घरधुरी रहने गरी फलफूल तरकारी तथा वाख्रापालनका लागि बस्तीको डिजाइन सहित सम्झौता गरेको छ ।

चितवनको माडी नगरपालिकाको सुर्योदय सहकारीले ५० घरधुरी रहने गरी सामुहिक खेतीका गर्ने गरी समझौता गरेको छ । 

यस कार्यक्रम अन्तर्गत स्थानिय परम्परा, जाती र संस्कृति झल्कने सामूहिक नँया आवास निर्माण, मर्मत र रंङ्गरोगन र त्यस्ता आवासहरुमा होमस्टे सञ्चालन गर्न योजना रहेको समेत बताइएको थियो ।

साझेदार संस्थाको प्रस्तावको आधारमा स्थानीय तहको सिफरीसमा प्रति आवास निर्माण तथा मर्मतको लागि बढीमा रु.३ लाख वा जम्मा लागतको ५० प्रतिशतमा रकम अनुदान स्वरुप उपलव्ध गराइने छ । यस सम्बन्धी थप प्रवर्द्वन कार्यक्रमको लागि आवश्यक रकम सम्बन्धित साझेदार संस्थाले लगानी गर्नु पर्नेछ । 

साझेदार संस्थाले यस कार्य्विधि अनुसार सञ्चालन हुने कामको विवरण, लागत, सम्पन्न अवधि इत्यादीको होर्डिङ बोर्ड निर्माण स्थलमा राख्नु पर्नेछ । 

ग्रामिण अर्थतन्त्रलाई सबल बनाउन र रोजगारीको थप अवसरहरुको सृजना गरि गरिबी निवारणमा टेवा पुर्याउन नमूना बस्तिहरुमा कृषि पर्यटन कार्यक्रम सञ्चालन गर्न बागमती प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले “एकीकृत नमूना बस्ती कृषि पर्यटन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६” स्वीकृत गरी लागू गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*