सुन जस्तै महंगियो लसुन

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार २३:४०
;

चीनबाट लसुनको आयात रोकिदा नेपाली बजारमा लसुनको मूल्य बढेको छ । गत पुस मसान्तमा २ सय ४५ रुपैयाँमा कारोबार भएको प्रतिकिलो लसुन माघ २१ सम्ममा ६ सयभन्दा बढी भएको छ । सो अवधिमा लसुन १ सय ४४ प्रतिशतले बढेको हो । माग अनुरुप बजारमा लसुन नपाइँदा मूल्य बढ्दै गएको हो।

उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारको मूल्य सूचि अनुसार माघको सुरुदेखि अहिलेसम्म लसुनको मूल्य ३ सय ५५ रुपैयाँ सम्मले बढेको छ ।

अहिले चीनबाट सामानको आयात बन्द भएसँगै लसुनको आयात पनि रोकिएकाले नेपाली बजारमा लसुनको मूल्य बढेको जानकारहरुले बताएका छन्। ‘मागको तुलनामा पूर्ति नभएकाले मूल्य आकासिएको हो,’ स्रोतले जनाएको छ । 

यसअघि दैनिक ५ देखि ६ टन लसुन आयत हुनेमा अहिले दैनिक २ देखि ३ टन सम्म मात्रै आउन थालेकोकालिमाटी तरकारी बजारमा उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए।

यो वर्ष भारतमा प्याजको उत्पादन घट्दा नेपालमा प्याजको मूल्य आकासिएको थियो। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*