कोरोना भाईरसले नेपाल भ्रमण वर्षलाई थोरै असर पुर्याएको प्रचण्डको भनाई

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार २०:०३
;

चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै असर पुर्‍याएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

पोखरामा विश्व शान्ति समारोह उद्घाटन गर्दै प्रचण्डले भने,‘हामी नेपाल भ्रमण वर्षमा छौं । चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ । तर यो छिट्टै नियन्त्रण हुन्छ ।’

 प्रचण्डले भने ‘नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, त्रसित हुनुपर्ने स्थिति छैन । चीनमा पनि छिट्टै नियन्त्रणमा आउँछ र वातावरण सहज हुन्छ,’ ।  कोरोनाभाइरस संक्रमण फैलिएपछि चिनियाँ पर्यटक नेपाल आएका छैनन् ।

पोखरालगायत नेपालका पर्यटकीय ठाउँमा पर्यटक आवागमन घटेका विवरण आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*