फापरबारीमा मोटरसाईकल दुर्घटनामा दुईजना घाईते, एकको अवस्था गम्भीर 

हेटौडा न्युज
२२ माघ २०७६, बुधबार २०:२१
;

बागमती गाउँपालिकाको फापरबारीमा मोटरसाइकल दुर्घटना भएको छ । आज बुधबार दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।  

दुर्घटना हुँदा चालक सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाको वडा नम्बर ४ बस्ने १८ बर्षका समिर गुरुङ भन्ने शेर बहादुर गुरुङ र पछाडि सवार अन्दाजी २३ बर्षिय नरेश खर्ती घाईते भएका हुन् । खर्ती गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलले जनाएको छ ।

चालकले मापसे गरेर मोटरसाइकल चलाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  दुवै घाइतेको थप उपचारको लागि हेटौंडा तर्फ ल्याइदै गरेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*