फापरबारी दुर्घटना अपडेडः घाईते मध्ये एकको मृत्यु

बागमती गाउँपालिकाको फापरबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमा पछाडी सवार सुर्खेतको भेरी गंगा नगरपालिका–४ बस्ने अन्दाजी २३ वर्षीय नरेश घर्तीको मृत्यु भएको हो ।
घाईते भएका मोटरसाईकल चालक सोही ठाउँका १८ वर्षीय समिर गुरुङ भन्ने शेर बहादुर गुरुङको पनि अवस्था गम्भिर रहेकको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
आज बुधबार दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरु घाईते भएका थिए । उनीहरुलाई उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटो मै घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते गुरुङको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।










