मोटरसाईकललाई ठक्कर दिएर टिपर फरार, दुई जनाको मृत्यु

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार १७:००
;

कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति बल्खुबाट  स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर अन्डरपासमा ठोकिएको ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीले जनाएको छ । 

टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी घाइते भएका उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।  

मोटरसाइकललाई ठक्कर दिने टिपरकोखोजी भईरहेको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*