नेकपाका नेता गिरीको शंकास्पद मृत्यु, चार जना नियन्त्रणमा 

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार १८:१४
;

काठमाडौँको नयाँबानेश्वरमा सत्तारुढ दल नेकपाका नेता ५१ वर्षीय हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । काभ्रे घर भएका गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको हो ।

अनुसन्धानका लागि प्रहरीले रेष्टुरेन्ट संचालक र केही कामदारलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । उनी काभ्रेको बनेपास्थित नाला निवासी हुन्। 

नियन्त्रणमा लिइएकामध्ये दुईजनालाई प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको र बाँकी दुई नियन्त्रणमै रहेका बोगटीले बताएका छन् ।

अत्यधिक मादक पदार्थ सेवनका कारण उनको ज्यान गएको चिकित्सकहरूले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*