अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाईते

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार १८:२०
;

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको हो । 

आज (बिहीबार) बिहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को २ ह  २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा अटोमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा विराटनगर(१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*