अज्ञात समूहले गर्यो स्काभेटरमा आगजनी 

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार २२:१७
;

संखुवासभाम अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ । पाँचखपन नगरपालिका-५ मा अज्ञात समूहको आगजनीबाट बा। २ क ३२९३ नम्बरको स्काभेटरमा क्षति पुगेको छ ।  

ओएसिस इन्जिनियर्स एण्ड विल्र्डस प्रालिका विपीन न्यौपानेका अनुसार आगजनीबाट स्काभेटरका पाटपुर्जामा क्षति पुगेको छ ।  ओएसिस इन्जिनियर्स एण्ड विल्र्डस प्रालिले खाँदबारी–लिङलिङ–चैनपुर सडक खण्डमा काम गरिरहेको छ ।

ओएसिस एण्ड विल्र्डस प्रालिले निर्माणका लागि पाँचखपन-५ खमारेमा राखेको स्काभेटर अज्ञात समूहले मंगलबार राति आगो लगाएका थिए। स्काभेटर आगजनीको कसैले जिम्मा लिएको छैन। स्काभेटर आगजनी गर्न समूहको खोजी भइरहेको संखुवासभा प्रहरीले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*