मकवानपुरको मनहरीमा कागज उद्योग 

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार १७:३४
;

बागमती प्रदेश सरकारले मकवानपुरको मनहरीमा कागज उद्योग स्थापना गर्ने अन्तिम तयारी थालेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मनहरी गाउँपालिका वडा नम्बर ८ मा करिब दुईअर्ब रुपैयाँको लागतमा कागज उत्पादन गर्ने उद्योग निर्माण गर्न लागिएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालका अनुसार नेपालमा कागज बाहिरी देशबाट ल्याउनुपर्ने भएकाले यसमा आत्मनिर्भर बन्नका लागि कागज उद्योग स्थापना गर्न लागिएको हो । 

प्रदेश सरकार मात्रैले भन्दा पनि निजी क्षेत्र, संघीय सरकार समेतको लगानीमा कागज उद्योग स्थापना गर्न लागिएको उनले बताए । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका निजी सचिव नवराज पुणासैनीका अनुसार उद्योगी, सरकार र समुदायको साझेदारीमा छलफल गरेर काम अगाडी बढाउन लागिएको छ । 

कागज उद्योग सञ्चालन गर्नका लागि नाफा, घाटा, सञ्चालन खर्च लगायतका काम गर्नका लागि मन्त्रालयका सचिव शिव वाग्लेको संयोजकत्वमा सात सदस्य समिति गठन गरिएको छ ।

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज फ्याक्ट्रीका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*