‘संघीय सरकारले सञ्चार क्षेत्रका लागि गर्न नसकेको काम दुइवर्षमा गरेका छौँ: मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सञ्चार माध्यमका लागि अहिले सम्म संघीय सरकारले गर्न नसकेका काम आफुहरुले गरेको दाबी गरेका छन् ।
शुक्रबार प्रदेशको राजधानी हेटौंडामा ९ औं विश्व रेडियो दिवसको अवसरमा रेदियो र विविधता विषयक अन्तर्कृयामा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । सामुदायिक रेडियोले समाज परिवर्तनका लागि भुमिका खेल्नुपर्ने पौडेलले बताए । समाज परिवर्तनका लागि काम गरेकै आधारमा उत्कृष्ट सामुदायिक रेडियोलाई पुरस्कृत गर्ने बताएका छन् ।
मुख्यमन्त्री पौडेलले सरकारले गरेका राम्रा कामहरुको राम्रो र नराम्रा कुराहरुको राम्रोसँग आलोचना गर्न सकिन्छ भन्दै सत्यतथ्यमा आधारित भएर प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । उनले प्रदेश सरकार प्रेसमैत्री रहेको बताउँदै रेडियो नभई जनतालाई सु-सुचित गर्ने माध्यम नै नहुने बताएका हुन् ।
सञ्चार क्षेत्रको विकास, अभिवृद्ध गर्न बागमती प्रदेशले धेरै काम गरेको बताए । संघीय सरकारले २ सय ५० वर्षको इतिहासमा गर्न नसकेको काम प्रदेश सरकारले गरेको उनले दाबी गरे। ‘संघीय सरकारले सञ्चार क्षेत्रका लागि गर्न नसकेको काम हामीले दुइवर्षमा गरेका छौँ । जेष्ठ नागरिकलाई पेन्सन दिने व्यवास्था र महिला पत्रकारका निम्ती सुत्केरी भएको समयमा सुविधा दिन लागेका छौँ ।’