विद्यार्थीहरुको आन्दोलन फिर्ता, शैक्षिक गतिविधि अगाडी बढाउन आग्रह

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार २१:३६
;

विगत ४६ दिन देखि कृषि तथा वनविज्ञान विश्वविद्यालय, हेटौंडाका आन्दोलनरत  विद्यार्थीहरुले आफ्ना सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको बताएका छन् । क्याम्पसका डिन बलराम भट्टले नयाँ विद्यार्थी भर्नामा अनियमितता गरेको भन्दै गत पौष ७ गतेदेखि विश्वविद्यालय वन संकायका विद्याथीहरु आन्दोलनमा उत्रिएका थिए ।

""

शुक्रबार क्याम्पस प्राङगणमा पत्रकार सम्मेलन गर्दै विगत ४६ दिनको संर्घषमय आन्दोलन पश्चात हिजो माघ २३ गते विश्वविद्यायको उपकुलपतिको कार्यालयबाट प्राप्त निर्देशन अनुसार वन संकायको डिन कार्यलय हेटौंडाले भर्ना प्रकृया गलत भएको ठहर गर्दै मेरिट र प्राथमिकताको आधारमा संशोधित भर्ना सुचि जारी गरेपछि विद्यार्थीहरुले शुक्रबारबाट लागु हुनेगरी आफ्ना सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु अन्त्य भएको जनाएको हो ।

विज्ञप्ती अनुसार डिन कार्यालयले जारी गरेको संशोधित भर्ना सम्बन्धि सुचना नियम संगत, वैज्ञानिक तथा जेहेन्दार विद्यार्थीको पक्षमा रहेको र आफ्नो आन्दोलनले सफलता पाएको भन्दै शुक्रबारबाट लागु हुनेगरी आन्दोलनका कार्यक्रम अन्त्य सँगै अन्य शैक्षिक गतिविधि तत्काल संचालन गर्न डिन कार्यलयलाई आग्रह गरेको छ । गत पौष ५ गते विश्वविद्यालय वन संकाय हेटौंडाले लिएको प्रवेश परिक्षामा उतीर्ण विद्यार्थीहरु मध्ये भर्नाका  लागि छनोट प्रक्रियामा जाँदा  डिन कार्यालयले सुनियोजित तरिकाले अनियमितता गरेको आरोप लगाउदै गत पौष ७ गतेदेखि विद्यार्थीहरुले आन्दोलन गरिरहेका थिए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*