अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौंः मुख्यमन्त्री राउत

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार २२:४०
;

मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई छोराको जिउमाथि एसीड खन्याइदिने अवस्था ल्याउने आफ्नो सोँच रहेको बताएका छन्। महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले यस्तो प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको छ।

मुख्यमन्त्री राउतले मैथली भाषामा भनेका छन् ‘तपाईहरु छोरीको बारेमा सोँच्दै हुनुहुन्छ। हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं। छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र यति वारियर बनाउनु छ मेरो पिरियडमा, की छोरीले अब छोराको मुखमा एसीड खन्याउँछन्। यस्तो मेरो सोँच छ।

https://www.facebook.com/nplkhabar/videos/233539561142444/

आफ्नो पद र गरिमाको ख्याल नै नगरी मुख्यमन्त्री राउतले अपराध बढाउन तर्क दिएको भन्दै अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यस अघि पनि मुख्यमन्त्री राउतले एउटा अन्तरवार्तामा अपशब्द प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो। स्रोतः  नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*