प्रहरी चौकीमा मापसे गरेका अज्ञात समुहको आक्रमण, इन्चार्जसहित दुई प्रहरी घाइते

प्रहरी चौकीमा मापसे गरेर आएको अज्ञात समूहले आक्रमण गर्दा इन्चार्जसहित दुई प्रहरी घाइते भएका छन् ।
सिन्धुपाल्चोक–पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीस्थित चौकीमा १२ मोटरसाइकलमा आएको समूहले एक्कासी प्रहरी ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आक्रमणबाट चौकीका इन्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको कार्यालयले जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
प्रहरीले आत्मरक्षाका लागि चार राउण्ड हवाइ फायर गरेर आक्रमणकारी एक जना र दुई मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाईएको छ ।