बालुवाटारबाट विवेकशील दलका रञ्जु दर्शनासहित ११ कार्यकर्ता पक्राउ 

हेटौडा न्युज
२५ माघ २०७६, शनिबार २१:१५
;

‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित ललितानिवास अगाडि अभियान संचालन गर्न पुगेका विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानुलाई प्रहरीले पक्राउ गरेको हो ।

दलका उपाध्यक्ष अजीता राईका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले बालुवाटारको जग्गा प्रकरणमा संलग्न रहेकाहरुलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकोले अदुअआको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*